पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी पाँच दिनका लागि सम्पूर्ण कार्यालयबाट प्रवाह हुने सेवा स्थगन गर्ने बताएको छ ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार कार्यालयका कर्मचारी निर्वाचन मतदान केन्द्रहरुमा खटिनु पर्ने भएको हुँदा वैशाख २५ गतेदेखि ३० गतेसम्म नागरिताको प्रमाणपत्र, नावालिक परिचयपत्र, पेन्सन तथा अन्य सिफारिसहरु स्थागित गरिएको छ ।
बैशाख ३० गते पछि सार्वजनिक विदा परेको हुँदा जेठको ३ गतेपछि मात्रै कार्यालय नियमित रुपमा खुल्ने तयारी भएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।













