पिर्थ थापा मगर - माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सिलङ्गीमा स्थापित न्यु जल्पादेवी युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ क्ल्वले आयोजना गरेको बी–लेबल टोल–गाउँस्तरीय भलिबल प्रतियोगिता २०८२ पुष २७ गते देखि २०८२ माघ महिनाको १ गते सम्म लगातार ५ दिन सम्म संचालन भएको थियो।
प्रतियोगितामा २० टिमको सहभागिता रहेको र प्रतियोगीहरु बिच खेलमा निकै प्रतिस्पर्धा रहेको समेत क्लबका अध्यक्ष टेक चौहान मगरले बताउनु भयो।
प्रतियोगिताको प्रथम उपाधि वगनासकाली गाउँपालिका–७ पाल्पाको झाँक्रीस्थान भलिबल क्लबले हात पारेको छ भने आयोजक न्यु जल्पादेवी युवा क्लब दोस्रो स्थान , त्यसैगरी तेस्रो स्थान तिनाउ गाउँपालिका–५ कोलडाँडाको मिलन युवा क्लबले हासिल गरेको छ।
विजेता तथा उपविजेता टिमहरूलाई पुरस्कार, मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो।
साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सहयोगी दाताहरूलाई समेत क्लबका अध्यक्ष टेक चौहान मगर, प्रमुख अतिथि माथागढी गाउपालिका अध्यक्ष यम चिदी मगर र विशिष्ट अतिथि माथागढी गाउपालिका वडा न: ३ का अध्यक्ष तेच घर्ती मगर तथा वडा सदस्य मानबहादुर रानाको हातबाट सम्मानपत्र प्रदान गरिएको थियो।
समापन समारोह न्यु जल्पादेवी युवा क्लबका अध्यक्ष टेक चुहानको अध्यक्षतामा सम्पन्न भएको थियो। साथै सहयोगी दाता, स्थानीय समाजसेवी, सरोकारवाला, स्थानीय बासिन्दा, विभिन्न क्लबका पदाधिकारी, सदस्य तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति समेत रहेको क्लवका सदस्य अशोक कुमार लम्तरी मगरले जानकारी दिनुभयो।













