भुवन सिंजाली राष्ट्रिय न्युज पुर्वखोला - पुर्वखाेला गाउँपालिका गाउँसभाकाे १९औ अधिवेशन सम्पन्न भएको छ। हिउदे, विद्यायन अधिवेशनमा " पुर्वखाेला गाउँपालिकाकाे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व " सम्बन्धि विधेयक पारित गरेको हो।
अधिवेशनका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लामै सबै भन्दा कम आन्तरिक आम्दानी भएको पुर्वखाेला गाउँपालिका हाे । तर यस गाउँपालिकाले गरेको सामुदायिक विद्यालय समायोजन गरि एकद्वार शिक्षा संचालन , प्रत्येक वडामा बर्ठिङ सेन्टर संचालन गरि शून्य हाेम डेलिभरि गरेकाे देशकै नमुना काम हुन् । गाउँपालिकाले स्थानीय बासिन्दाकाे आवश्यकतालाइ मध्यनजर गर्दै कृषि , पशु , पर्यटन , राेजगार , सडक , प्रशासनिक भवन संचालन व्यवस्थापन धेरै राम्रो भएको छ। निर्माण भएका संरचनालाई मर्मत रेखदेख गर्नु पर्ने , स्थानीय स्तरमा उत्पादित कृषि पशुलाई बजार व्यवस्थापन गर्न गाउँपालिकाले ध्यान दिनुपर्ने बताउनु भयो ।
अधिवेशनले चालू आर्थिक वर्षकाे खर्च अनुमाेदन , कार्यपालिकाकाे निर्णयहरु अनुमाेदन , बेरुजु फस्याैट कार्यविधि , लेखा समिति गठन तथा कार्यसंचालन कार्यविधि , गाउँसभा सचिवालय स्थापना तथा संचालन कार्यविधि , फलफूल बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम संचालन कार्यविधि २०८२ परित गरेको छ।
विभिन्न विषयगत समितिका संयाेजकहरुबाट प्रस्तुत गर्नुभएको प्रतिवेदन , महालेखापरिक्षक कार्यालयकाे प्रतिवेदन छलफल , बजेट संसाेधन प्रस्ताव माथि छलफल गरि पारित गरेकोे छ।
अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँसभाकाे कार्यसुचि र उपाध्यक्ष भागिरथि भट्टराईले प्रस्तावहरु पेश गर्नु भएको थियो ।
विभिन्न शाखाबाट कार्यनयन गरेकाे खर्च विवरण र प्रगति प्रतिवेदन प्रस्तुत प्रशासकीय प्रमुख राजु नेपालले प्रस्तुत गर्नु भएको थियो ।
पुर्वखाेला गाउँ बाल अधिकार अधिकृत देव ढेंगाले स्थानीय बालमैत्री शासन सम्बन्धि गाउँपालिकाले तयार पारेको कार्यक्रमकाे बारेमा जानकारी गराउनु भएको थियो ।
गाउँसभामा कृष्ण प्रसाद भट्टराई , भुवन सिंजालि , मेहर सिं थापाले समसामयिक विषयमा गुनासो र सल्लाह सुझाव राख्नु भएको थियो ।
गाउँसभा सदस्यहरुबाट आएको गुनासोलाई अध्यक्ष थापा र प्रशासकीय प्रमुख नेपालले सम्बाेधन गर्नु भएकाे थियो ।
२ दिनसम्म संचालन भएको गाउसभा गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामन सम्पन्न भएको हाे।













