तानसेन – पाल्पामा दलमा आबद्ध नेता कार्यकर्ता र स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका ७५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाए अनुसार शुक्रबार ७५ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन्। यद्यपी अनलाइन अपडेट गर्न भने ढिलाइ भएको थियो ।जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले ७५ जनाले उम्मेद्वारी फिर्ता लिएपछि एक हजार ७२ जनाको मात्रै उम्मेद्वारी कायम भएको छ ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धन दलसँग रुष्ट रहेका स्वतन्त्र उम्मेद्वार सहित १७ जनाको उम्मेद्वारी फिर्ता पछि एक सय दुई, रिब्दीकोटमा आठ उम्मेद्वारी फिर्ता पछि ९२, तानसेनमा आठ उम्मेद्वारी फिर्ता पछि एक सय ८२, बगनासकालीमा १९ उम्मेद्वारी फिर्ता पछि एक सय ४६, तिनाउमा छ उम्मेद्वारी फिर्ता पछि ७६, माथागढीमा तीन उम्मेद्वारी फिर्ता पछि एक सय ३३ उम्मेद्वारी कायम भएको छन् । यस्तै पूर्वखोलामा एक उम्मेद्वारी फिर्ता पछि ७९, निस्दीमा एक उम्मेद्वारी फिर्ता पछि ८३ र रामपुरमा १२ जनाले उम्मेद्वारी फिर्ता पछि एक सय २६ उम्मेद्वारी कायम छन भने रम्भामा कसैले पनि उम्मेद्वारी फिर्ता नलिएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो ।













