पाल्पा– तिनाउँ गाउँपालिकाका जनता संग नेकपा एमालेका उम्मेदवारहरुले लिखित रुपमा विकास निर्माण योजना सहित प्रतिवद्धता पत्रको आधारमा मत माग्दै घरदैलो अभियान गर्दै हिनेका छन । नेकपा एमाले तिनाउँ गाउँपालिकाले अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना नेतृत्वमा उम्मेदवाहरु चयन गरी घरदैलो अभियानमा जुटेका छन ।
विगतमा गरेका काम आगामी दिनमा गर्ने कामहको बारेमा जानकारी गराउदै एमाले तिनाउँका उम्मेदवारहरुले जनताको घर घरमा पुगेका छन । एमाले तिनाउँले ५ बर्षको अवधीमा गरेका ३६ वटा मुख्य काम र आगामी दिनमा मुख्य रुपमा गर्ने २६ वटा योजना सहितको घोषणापत्र लिएर उम्मेदवारहरु घर घर पुगेका छन । हाम्रा उम्मेदवारहरुले जनता लाई मौखिक रुपमा आश्वासन दिएका छैनौ, विगतमा गरेका कामहरु र आगामी दिनमा गर्ने कामहरुको विवरण सहित जनता संग मत माग्दै आएको नेकपा एमाले तिनाउँका इन्चाज दल बहादुर गुरुङले बताए ।
तिनाउँ गाउँपालिकाका वडा १ वडा अध्यक्ष उम्मेदवार भुवन सिंह चिदी सहित टोली ठुली उदान, झिगामारामा घरदैलो अभियान गरेका छन् । वडा नंं २ का उम्मेदवार यादव प्रसाद अर्यालको टोलीले झ्याङला, जमुने, घोडेवास र सुकेताल क्षेत्रमा घरदैलो गरेको छ । वडा अध्यक्षका उम्मेदवार अर्यालले दोभान क्षेत्रमा १९ बर्ष जागिर गरेकोले यहाँको समस्या र समाधानको विषयमा जानकारी भएकोले काम गर्ने अवशर प्रदान गर्न जनता संग आग्रह गरे ।
वडा नं. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पाण्डेको टोलीले लामेदमार, वेलदमार क्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो अभियानमा मतदाता शिक्षा देखी आगामी दिनमा गर्ने कार्यक्रम जानकारी गराउदै जनतासंग मत माग्दै आएको छन् । वडा नं. ४ वडा अध्यक्ष तुलबहादुर आलेले सत्यवती क्षेत्रको विकासको लागी वडा देखी पालिका सम्म एमालेका उम्मेदवरहरु लाई मत हाल्न अनुरोध गरे । वडा नंं ५ की वडा अध्यक्ष इन्द्रा कुमारी चिदीको टोलीले चर्चरे क्षेत्रमा घरदैलो कार्यक्रम गरी जिल्लामै वडा अध्यक्षमा उम्मेदवार उठाउने एक मात्र पाटी एमाले भएको, एमालेका उम्मेदवारहरु लाई जिताउन आग्रह गरेका छन् । वडा नंं ६ का वडा अध्यक्ष टेम बहादुर बगाले भैसीकट्टा देखी सिसुवा सम्म घरदैलो अभियान गर्दै मौखिक आश्वासन नभई लिखित प्रतिवद्धताको आधारमा नेकपा एमालेका उम्मेदवारहरु लाई मत दिन अनुरोध गरेका छन् ।













