पाल्पा – पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि रानीमहलसम्म जोड्ने सडकखण्ड आजदेखि वैशाख २१ गतेसम्म बन्द हुने भएको छ ।
तानसेन रानीमहल सडकखण्ड कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
निर्माण व्यवसायीले गुणस्तरीय सडक निर्माण गर्न, कालेपत्रे गुणस्तरीय बनाउन, विग्रिएका स्थानमा मर्मत सम्भारका लागि जिल्ला प्रशासन र पूर्वाधार कार्यालयसँग अनुरोध गरेपछी कार्यालयले एकहप्ते सार्वजनिक सूचना मार्फत सडक पूर्ण रुपमा बन्द गर्न लागे कार्यालयका प्रमुख अरुण कुमार गुप्ताले जानकारी दिनुभयो ।













