पाल्पा– प्रेस चौतारी नेपाल पाल्पाले आफ्नो भित्ते पात्रो विमोचन गरेको छ । विमोचन कार्यक्रममा तानसेनका प्रमुख पदका उम्मेद्वार धनेन्द्रराज घिमिरे र उपप्रमुख उम्मेद्वार शशी श्रेष्ठको चुनावी प्रतिवद्धता पत्र, घोषणा पत्र सार्वजिनक समेत गर्नुभयो ।
घोषणा पत्र सार्वजनिक गर्दै प्रमुख पदका उम्मेद्वार धनेन्द्रराज घिमिरेले तानसेन वासीको समग्र विकास, शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटनको क्षेत्रमा आफूले विजयी भएमा काम गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेले समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन एमालेका उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
चौतारीले एमालेका उम्मेद्वारहरुको प्रचारप्रसार गर्न र सहजिकरणको लागि डेक्स समेत स्थापना गरिने अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।













