पाल्पा, वैशाख १५
माथागढी गाउँपालिका– १ का वडाध्यक्षका उम्मेदवार युवा नेता राजकुमार पन्थीले सबल, समृद्ध र समुन्नत चिदीपानीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले एमाले को तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । पन्थीले चिदीपानीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । भौतिक पुर्वाधारको विकास सँगै चिदीपानीका प्रत्येक ब्यक्तिलाई शिक्षा र स्वास्थ्यको सहज पहुँच, चिदीपानीलाई कृषि र पशुपालनको हब बनाई स्थानीयलाई आत्मनिर्भर बनाउने र सिप प्रवद्र्धन गरी गाउँमै रोजगार सिर्जना गरी चिदीपानीका नागरिक खुसी नागरिक बनाउने आफ्नो योजना रहेको पन्थीले बताए । विद्यार्थीकाल देखी राजनीतिमा होमिएका पन्थी सरल,बौद्धिक र विकासप्रेमी स्वभावका कारण स्थानीयका बिचमा निकै लोकप्रिय मानिन्छन् । पन्थी चिदीपानीमा मात्र नभई अन्यत्र समेत सामाजिक संघ संस्थाहरुमा आवद्ध भई सामाजिक काम गर्दै आएका छन् । कठिन परिस्थितिको डटेर सामना गर्न सक्ने साहसी नेतृत्वदायी क्षमता भएका पन्थी समाजमा मौलाएको भ्रष्टचारको अन्त्य गर्ने समेत बताए ।













