पाल्पा- नागरिक समाजसंस्था र मिडियाहरुसंगको संयुक्त बैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।
पारस्परीक जवाफदेहिता परियोजना पाल्पामा नागरिक समाज संस्थाहरुको गठवन्धन, गैससमहासंघको नेतृत्वदायि भुमिका, तिनाउगाउँ पालिका र नागरिकहरु नेपाल पत्रकार महासंघ पाल्पा नागरिक समाजसंस्थाले जनाएको छ । पाल्पाका मिडियाहरु, जिल्ला समन्वय समिति पाल्पाको पारस्परिक समन्वय र सहयोगका आधारमा यो परियोजनाले करीब ५ वर्ष सम्म जिल्लामा काल गर्ने अवसर पाएको छ । पत्रकारमहासंघ र गैसस महासंघ यो परियोजनाका सहकारी संस्थाहरु भएकाले पनि कार्यक्रम गर्न सहज भएको नागरिक समाजसंस्थाले बताएको छ । आउने दिनहरुमा पनि मिडिया, नागरिक समाज संस्थाहरु वीचमा आधारभुत सहकार्यको लागि आफ्ना क्षेत्रबाट प्रयास हुने बाटाहरु प्रचुर मात्रामा रहेका छन् । नागरिकहरुका सामाजिक सवालहरुलाई पैरवीको माध्यमबाट समाधान उन्मुख गराउन नागरिक समाज संस्थाहरु र यसलाई व्यापक सार्वजनिकरणका लागि मिडियाहरुको सहयोगमा निरन्तर हुने अपेक्षा सबैले राख्नु पर्छ ।
१. स्थानीयतहका नागरिकहरुमा पैरवी क्षमता विकासका प्रभावले सेवा प्रवाहमा सकारात्मक प्रभाव
- तिनाउँ गाउँपालिकाले नागरिकहरुलाई दिने सुचना प्रवाहमा सुधार
- सिमान्तकृत वर्गको स्थानियतहको अनुदान पहुँचमा बृद्धि
२. मानव श्रोत क्षमता विकासबाट संस्थागत र सामाजिक विकासमा शिक्षा, स्वास्थ्य र कृषि योगदान
- निशुल्क औषधिको सहज रुपमा उपलब्धता
- प्रशुतीगृहय तथा स्वास्थ्य इकाईहरु स्थापना
३. सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगबाट पारदर्शिता, जवाफदेहिता बृद्धि र स्थापनीय सरकारको सेवा प्रवाहमा - - सुधार गर्न सहयोग पुगेको छ ।
- नागरिकहरुको नीति तथा योजना तर्जुमा मा सहभागिताको चासोमा बृद्धि
४. स्थानीयतह र नागरिक समाज संस्थाहरुको नीति परिमार्जन, निर्माण र समीक्षा हुने गरेको छ । सेवा प्रवाह र आन्तरिक - - - सुशानसानमा सहयोग पुगेको छ ।
- नागरिक समाज संस्थाका नीतिहरु निर्माण र समीक्षा भएका छन् ।
५. तिनाउँ गाउँपालिकाले स्थानिय मानव अधिकार कार्ययोजना
- मानव अधिकार बारेमा नागरिकहरुलाई अभिमुखिकरण गरिएको छ ।
६. परियोजनाको दिगो रुप
- पारस्परिक जवाफदेहिता परियोजनाले निर्माण गरेका लुज र्संंरचनाहरु मध्ये स्थानीयसभा गाउँपालिकाहरु र त्यहाँका नागरिकहरुको एक नं राृजाईमा परेको छ ।













