पाल्पा – पाल्पा जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तल्लाबाट हाम फालेर एक पुरूषको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको कलेजको ५ औं तलाबाट हाम फालेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उपचारका क्रममा आएका सोमईले बुधबार विहान हाम फालेका थिए । वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । लडेर घाइते भएका सोमईलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएको थियो । उनलाई थप उपचारका लागि आफ्न्तले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याएका थिए । उपचारका क्रममा सोमईले अस्पतालको तल्लाबाट हाम फालेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













