पाल्पा – ज्ञानमाला संघ, आनन्द विहारको ७५ औँ हीरक महोत्सव वर्ष शुभारम्भ थेरवाद बुद्ध शासनका भएको शुभ अवसरमा थेरवाद बुद्ध शासनका वरिष्ठ तथा अखिल नेपाल भिक्षु महासंघका आठौँ श्रद्धेय संघनायक भिक्षु कोधिसेन महास्थविरज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिएको ७५ औँ हीरक स्तम्भ अनावरण, ५७ औँ वषृ प्रवेशको उद्घोष एवं धर्मदेशना सहितको धार्मिक समारोह कार्यक्रम आयोजना गरेको छ ।
ज्ञानमाला संघको स्थापना वि.सं. २००४ साल बैशाख १६ मा तानसेनमा युवा बौद्धहरुको सक्रियतामा दीवंगत संघनायक भिक्षु महास्थविरको निर्देशनमा भिमसेन टोल, तानसेन स्थित पश्चिम नेपालकै सबैभन्दा पुरानो आनन्द विहारमा स्थापना भएको हो । बुद्ध धर्मको प्रचारप्रसार गर्ने, ज्ञानमाला भजन गर्ने एवं नेपाल भाषाको विकास गर्ने मूख्य उद्देश्यका साथ स्थापित यस संघले स्थापनाकालदेखी वर्तमान अवस्थासम्म विभिन्न ामध्यमबाट बुद्ध धर्मको प्रचार–प्रसार गर्नुका साथै ऐतिहासिक महत्वपूर्ण कार्यहरु लगायत सामाजिक कार्यहरु सम्पन्न गर्दै आएको छ । यस सघंले बुद्ध धर्म प्रचारप्रसार गर्ने क्रममा र्सवप्रथम वि.सं. २००५ सालमा तानसेनको टुँडिखेलमा विश्वन्तर नाटक प्रदर्शन गरेको थियो । २००९ र २०१३ सालमा संघले बोधिसत्व नाटक प्रदर्शन गरी अर्थ सङकलन गरी आनन्द विहार स्थित उत्तर पस्चिममा रहेको गूलो भवन निर्माण सम्पन्न गरेको थियो । वि.सं. २०१० सालमा यही विहारमा चूडा कर्म संघ स्थापना भई २०११ सालमा काठमाण्डौं उपत्यका बाहिर पहिलो शाब्य बज्राचार्य कुमारहरुको सामूहिक चडाकर्म र त्यसपछि पनि विभिन्न कामहरु गरीरहेका छन् । वि. सं. २०६२ सालदेखि स्वास्थ्य उपचार कोषसमेत संघले स्थापनाकालदेखि नै हरेक वर्ष गुँला धर्म अनुरुप एक महिनासम्म नियमित ज्ञानमाला भजन तथा धार्मिक कार्यक्रमहरु लगायत संचालन गर्दै आइरहेको र हरेक वर्षको बुद्ध जयन्ती धुमधामका साथ धार्मिक कार्यक्रमहरु रतथा भजन सहित नगर परिक्रमा आयोजना आयोजना गरी मनाउदँै आएको छ ।
यस संघको संस्थापक अध्यक्ष स्व. श्री बद्धराज बज्राचार्य हुन् भने त्यस पश्चात २०११ सालदेखि १ वर्षका लागि स्व. श्री बद्रीश्वर शर्मा संघको अध्यक्ष हुनु भयो भने त्यस पछि विभिन्न आदरणिय व्यक्तिहरु सम्हाल्दै आएर अहिले उत्पल कुमार बज्राचार्य अध्यक्ष हुनु भएको छ । यसरी गौरवमय इतिहास बोकेको पश्चिम नेपालकै जेठो बौद्ध संस्थाका रुपमा सुपरिचित ज्ञानमाला संघले आफ्नो उद्देश्य अनुरुपका गतिविधिहरु अविरल सम्पन्न गरि तानसैन, पाल्पामा बुद्ध धर्मको प्रचारप्रसार गर्नमा अग्रणी भूमिका निर्वाह गर्दै नेपालका बौद्ध संस्थाहरुको पङ्तीमा आफूलाई उदाहरणीय बौद्ध संस्थाको रुपमा उभ्याउन सफल रहेको छ ।
७५ औँ हीरक महोत्सव वर्ष शुभारम्भ समारोह
– सम्पूर्ण सहभागीहरु लाई जलपान
– ज्ञानमाला भजन, शिल प्रार्थना, बुद्ध धर्म संघ वन्दना, परित्राण पाठ
–७५ औँ हीरक वर्ष प्रवेश उद्घोष
–श्रद्धेय संद्धनायक भिक्ष बोधिसेन महास्थविरज्यू बाट धर्मदेशन÷शुभकामना
–स्थान देवकोटा सभा कक्ष, त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा
– सम्पूर्ण सहभागीहरु लाई दिवा भोजन (स्थान अनुराधा बज्र पार्टी प्यालेस)













