पाल्पा– रिब्दीकोट गाउँपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार नारायण बहादुर कार्कीले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका कार्कीले उपाध्यक्षमा नेपाली काँग्रेसबाट गठबन्धनको साझा उम्मेद्वार बनाएको छ ।
वडा नं. १,२ र ३ मा गठबन्धनबाट नेपाली काँग्रेसको उम्मेद्वारहरुले उम्मेदवारी दर्ता गर्नुभएको छ । वडा नं. ४ मा जनमोर्चाको उम्मेद्वारले उम्मेदवारी दिनुभएको छ ।
रिब्दिकोट गाउँपालिका वडा नं ५ कुखुमखोला गठबन्धनको तर्फबाट उम्मेदवार दर्ता भएको छ । जसमा अध्यक्षमा नेपाली काँग्रेस मन बहादुर अस्लामी, सदस्य नेकपा माआवादी केन्द्र सरस्वती कुमार श्रेष्ठ, गोमा पचभैया नेकपा माआवादी केन्द्र, हुमा दमाई नेकपा माआवादी केन्द्र र सुरेश ठकुरी नेपाली काँग्रेसबाट रहेका छन् ।वडा नं. ६ मा पनि गठबन्धनको साभा उम्मेद्वारले मनोनय दर्ता गरेका छन् ।
रिब्दिकोट गाउँपालिका वडा नं. ७ पालुङ् मैनादी गठबन्धनको तर्फबाट सदस्य शान्ता पाण्डे नेकपा माओवादी केन्द्र, खड्ग बहादुर थापा नेपाली काँग्रेस अध्यक्षमा नारायण बहादुर कुँवर नेकपा माओवादी केन्द्र, चन्द्र थापा कुँवर एकिकृत समाजवादी सर्मिला नेपाली नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वारी दर्ता गरेका छन् ।वडा नं. ८ फेक नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षान नारायण बहादुर लाम्टागे, सदस्य चेत बहादुर उचै, यम बहादुर पेंनि मगर, टेक कुमारी गाहा र सरिता ठडराईले उमेम्द्वारी दर्ता गरेका छन् ।













