पाल्पा- पाल्पा रामपूर न. पा. ८ घिमिरेटोलमा बस्ने ३५ वर्षे रमेश आचार्यको मिति २०७९/०१/ १२ गते बिहान ०७:३० बजेको समयमा मृत्यु भएको हो ।
उनी आफ्नै घर देखि अन्दाजी ६०० मिटर उत्तरतर्फ बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट खसेका हुन् । त्यस रुखको उचाईको उचाई ३५ फिट थियो । रुखबाट जमिनमा खस्दा उनी घाईते भएका थिए र उनको बुबा र श्रीमतीले उपचारको लागि रामपूर अस्पताल पाल्पामा लगे पछि डाक्टरले मृत भएको बताए । त्यो घटना ईलाका प्रहरी कार्यालय रामपूरका पुगेपछि प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गई प्रारम्भिक अनुसन्धान कार्य गरे पश्चात पोष्मार्टमको लागि शव सोहि अस्पतालमा राखिएको छ । यस घटना सम्बन्धि अझै थप अनुसन्धान कार्य जारी भइरहेको छ ।













