राष्ट्रिय न्युज रुपन्देही - नेपाल मगर युवा सघ वडा ईकाई समिति वुटवल ७ रूपन्देहीद्वारा आयोजित प्रथम सहिद लखन थापा मगर स्मृति दोस्रो भलिवल प्रतियोगिता २०८२को मंगलवार भएको खेलमा मणिमुकुन्द र स्याङ्जा भलिवल क्लव विजयी भै सेमिफाईनल प्रवेश गरेका छन । मणिमुकुन्दले डायमन्ड गोर्खा बुटवललाई ३ एक को सेटमा र स्याङ्जाले लाफा क्लव लाई सोझो सेटमा हराउदै आफाने यात्रा अगाडी बढाएका छन । बुधवार हुने पहिलो सेमिफाइनल खेल मणिमुकुन्द र न्यु होराईजन र दोस्रो सेमिफाइनल स्याङ्जा र वाणगङ्गा युवा क्लव कपिलवस्तु विच हुने कार्यक्रम संयोजक कृष्ण थापाले जानकारी दिनु भयो । प्रतियोगिताको विजेताले नगद ५० हजार, कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने दिलिप थापाले जानकारी दिए ।
यसैगरी तेस्रो र सान्त्वना हुने समुहले क्रमशः नगद २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न विधागत रुपमा समेत पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिनु भयो ।














