राष्ट्रिय न्युज- पाल्पाकाे पूर्वखाेला-४ देविनगरस्थित समानसिङमा पहिलाे पटक बस पुगेकाे छ । पहिलाे पटक गाउँमा बस पुगेपछि चालक,सहचालकलाई भव्य रूपमा स्थानीयले स्वागत गरेका छन । चालक कमल रानालाई स्थानीयले फूल र पैसाकाे माला र अवीर लगाइदिएका थिए । गाउँलेले खुसी साँट्दै पैसाकाे माला, अवीर र फूलले स्वागत गरेका हुन् । बस गाउँमा पुगेपछी सदरमुकाम तानसेन बुटवललगायतका स्थानसँग गाउँकाे सिँधै सम्पर्क जोडीने भएकाे छ ।
यसअघि रिजव गर्नुपर्ने,साना सवारीसाधन बोलाउनु पर्ने सामानसिङका बासिन्दालाई पैदल हिँडेर अर्काे स्थानबाट ठुला सवारीसाधन चढ्नुपर्ने बाध्यता थियो। स्थानीय सरकार आए सगै सडक मर्मत,घुम्टी कटान,साथै सडक चौडा बनेसगै ठुला सवारीसाधन पुगेपछि आवतजावतमा सहज हुने वडाअध्यक्ष मेहरसिंङ थापा बताउनुभयो।













