राष्ट्रिय न्यूज- परम्परा अनुसार नयाँ धान भित्र्याएपछि अन्न ग्रहणका लागि मन्दिरमा चढाउने प्रचलन रहेको पाल्पाको रैनादेवि गाउँ पालिका भुवनपोखरिमा यहि मंसिर ७,८ गते न्वागि मेला हुने भएको छ।प्रत्येक बर्ष विधि पूर्वक धामी झाँक्रीद्वारा देवीथानम कार्तिक २५, २७ र २९ गते मध्ये एक दिन धान काटने मुठी लाने गरिन्छ । यो वर्षको न्वागी पर्व अथवा न्वागि मेला भब्य रुपले मनाउनको लागी बिभिन्न समिति मार्फत मेलाको तयारी गरिएको वडा अध्यक्ष प्रदिप पौडेलले जानकारी दिनु भयो । नयाँ धान देवतालाई चढाएपछि मात्र दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गर्ने चलन परम्परागत रुपमा रहदै आएको छ।
न्वागी मेलामा रैनादेवी थानमा सहभागी हुने सम्पुर्ण भक्तजनहरुलाइ दही चामलको प्रसाद खुवाउने कार्यक्रम समेत रहेको अध्यक्ष पौडेल बताउनु भयो । रैनादेवीको नामबाट गाउँपालिकाको नाम रहेकाले रैनादेवीको थान निर्माणदेखी पुननिर्माण सम्म पालिकाले गर्दै आएको गाउँ पालिका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो ।साथै भट्टराईले रैनादेवीलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पालिकाले विस्तृत योजना बनाएर काम गरेको समेत बताउनुभयो ।













