पाल्पा -पाल्पाको रैनादेवी छहरा–३ भुवनपोखरीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पराल बोकेको ट्याक्टर बुधबार बेलुकी ५ बजेतिर दुर्घटना हुँदा स्थानीय ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
भुवनपोखरीको दमारखोलाबाट पराल बोकेर डाँडागाउँ जाने क्रममा लु ३ त ३३२ नम्वरको ट्याक्टर दुर्घटना भएको रैनादेवी छहरा–३, का वडाअध्यक्ष प्रदीप पौडेलले बताए । ट्याक्टरका चालक मीन बहादुर बुढाथोकी भने सकुशल रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














