पाल्पा – आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तानसेनको मेयर पदमा पार्टीका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई उम्मेदवार बनाउने बताएको छ । धनेन्द्रराज घिमिरे छ महिनाअघि मात्रै एमालेको जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एमालेले घिमिरेलाई आगामी स्थानीय तहको बताएको निर्वाचनमा मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तानसेन बारुदखान निवासी घिमिरेले यसअघि पनि एमालेको जिल्ला नेतृत्व गर्नुभएको थियो । उता एमालेले तानसेनको उपमेयरमा नेतृ शशी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तानसेनमा मेयर पदका लागि हालका मेयर अशोककुमार शाही प्रमुख दाबेदार रहनुभएको थियो । यद्यपी पार्टी प्रदेश कमिटीले घिमिरेलाई उम्मेदवार बनाउने बताएको छ ।













