पाल्पा– नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी पाल्पाले सङ्गठन विस्तार अभियानलाइ तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिदा अखिल क्रान्तिकारीले जिल्लाभर संगठन विस्तार गरेको हो ।अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं पाल्पा जिल्ला अध्यक्ष पदम सोमैको प्रमुख आथित्यतामा नेतृत्वमा सङ्गठन विस्तार अभियान सन्चालन गरेको जनाएको हो । रिब्दिकोट रैनादेवी छहरा तानसेन लगायतका स्थानहरुमा संगठन विस्तार गरिएको हाछ ।
रिब्दिकोट गाउँपालिका भित्रका शैक्षिक सस्थाहरुमा कमिटी निर्माण भएको हो ।
१. अम्मर छहारकिो नेतृत्वमा भवानी माध्यमिक बिद्यालय कुसुमखोलामा २९ सदस्यीय कमिटी गठन,
२. मुना बमरेलको अध्यक्षतामा कालिका माध्यमिक बिद्यालय बतासेमा २० सदस्यीय कमिटी गठन,
३. सिर्जना थापाको नेतृत्वमा भैरब जनता माध्यमिक बिद्यालय भैरवस्थानमा ३१ सदस्यीय कमिटी गठन,
४. दृष्टि सुनारको अध्यक्षतामा सारदा माबी ख्याहामा २५ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको छ,
५. शुसान्त आचार्यको अध्यक्षतामा सरस्वती माबी खसौंलीमा २१ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको छ।













