कुसुम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड पाल्पाले जिल्लामै पहिलोपटक चेकमार्फत कारोबार सुरु गरेको हो । तानसेन स्थित विशालबजारमा प्रधान कार्यालय रहेको सहकारीले चेकलन्च गरेको छ । सहकारीलाई प्रविधिमैत्री बनाई कारोबारलाई सहज बनाउन एक कार्यक्रमको आयोजना गरि चेकको सुरुवात ए.एम.एस बैकिङ्ग,कुसुम मोबाईल एप्सको सुरुवात गरि सहकारीलाई सेवा ग्राहीमैत्री बनाएको हो ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जग्गनाथ पन्त,सामाजिक एवं शैक्षिक व्यत्तित्व बुद्धिप्रसाद शर्मा र समाजसेवि यादवसिंह कार्कीलाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।तानसेनको होटलपौवामा एक कार्यक्रमको आयोजना संविधान दिवस २०७८ को अवसरमा विभिन्न विभुषणबाट सम्मानित हुनुभएका प्रमुख जिल्ला अधिकारी सहित सहकारीमा आवद्ध शेयर सदस्यलाई सम्मान गरेको छ ।
कार्यक्रमका विशिष्ट अतिथि बुद्धिप्रसाद शर्माले छोटोसमयमै सहकारीले विकास गरेको प्राविधियुक्त प्राणलीलेको प्रशंसा गर्दै सहकारीको मर्मअनुरुपको कामलाई निरन्तरता दिन आग्रह गरे । समाजसेवी यादव सिंह कार्कीले कोभिडको महामारीको बीच गरेको सेवा सम्मान पाउनका लागि नगरेको भन्दै गरेको कर्मको कदर हुँदा समाजसेवाप्रति थप हौसला थपिएको बताउनुभयो ।
कार्यक्रमको उद्धेश्यप्रति प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष सुरेश ढकालले राष्ट्रले सम्मान गरेका व्यक्तित्वलाई सहकारीले समेत सम्मान गर्न पाउँदा खुशी लागेको बताउए । अध्यक्ष ढकालले शैक्षिक बेरोजगारको अन्त्य गरि उत्पादन सहितको स्वरोजगार सिर्जना गर्ने अभियानमा सहकारीको टिमले नयाँ योजनाका साथ कार्यक्रम ल्याउन लागेको छ भन्दै सहकारीमा जोडिन पाल्पाली आमा समुदायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै सहकारीको महिला उद्यम विकास उपसमिति संयोजक प्रमुख रमा पन्तले सहकारीलाई बैकिङ्ग प्रविधिसँग जोडेर मात्र सहकारीप्रतिको विश्वास बढेर जाने भन्दै कुसुम सहकारीलाई ऋण र बचतमा मात्र सिमित नराखि उद्यम र रोजगारसँग जोडिएर अघि बढेको बताउनुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सहकारीको महिला विकास उपसमिति संयोजक कमला शर्माले कुसुमले सहकारीको भिडमा नयाँ आयम थपेको भन्दै छोटो समयमै सहकारीमा सुरु भएका सेवाग्राहीमैत्री कामले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा सहकारीले नव वर्ष २०७९ सालको अवसरमा प्रकाशन गरेको कुसुम भित्ते पात्रो क्यालेण्डरको समेत एक कार्यक्रमको समेत विमोचन गरेको हो । क्यालेन्डरको विमोचन प्रमुख जिल्ला अधिकारी जग्गनाथ पन्तले गर्नुभयो ।
कार्यक्रम पाल्पाका प्रमुख जिल्ला अधिकारी जग्गनाथ पन्तको प्रमुख आथिथ्यता,सहकारीका अध्यक्ष सुरेश ढकालको अध्यक्षता र मिडिया संयोजक सुनिल कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













