काठमाडौं - आज बिहान सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।
ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिनुभयो ।
हेलिकोप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिनुभयो । काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो ।













