यस वर्षको एसईई परिक्षा भोलिबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको दिनहरुमा जस्तै गरि परिक्षा सञ्चालन हुन लागेको छ । परीक्षामा पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले बताएको छ ।
कुल परीक्षार्थीमध्ये छात्रको संख्या २ लाख ५७ हजार ५३ छ र छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ रहेको छ ।ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ रहेको छ ।
८६ हजार ६२४ परीक्षार्थी लुम्बिनी प्रदेशबाट सहभागि हुने छन् । लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागि हुने परीक्षार्थी मध्ये २ जना परीक्षार्थी दृष्टिबिहिन र २ हजार ८६६ जना प्राविधिक धारका रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले बताउनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक गैरेले जानकारी दिनुभयो।
परीक्षा सञ्चालनका लागि ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष,३ सय २७ केन्द्राध्यक्ष, ८ सय ६७ जना सहायक निरीक्षक, ४ हजार ३४५ जना निरीक्षक र १ हजार ७१३ जना कार्यलय सहयोगि परीक्षामा खटिने निर्देशक गैरेले जानकारी दिनुभयो ।













