पाल्पा – पाल्पा जिल्लामा मंगलबार देखि कृषि सम्बन्धि गणना कार्य सूरु भएको छ । कृषि गणना कार्यका लागि जिल्लामा ६१ गणक र १६ जना सुपरिबेक्षकलाई खटाइएको छ । पाल्पाका १० वटै पालिकालाई एक सय ६४ क्षेत्रमा विभाजन गरि कृषि गणना गरिने कृषि गणना अधिकृत भविश्वर घिमिरे जानकारी दिनुभयो ।
तानसेन नगरपालिकामा १६, रामपुर नगरपालिकामा २० र निस्दी र माथागढी गाउँपालिकामा १७÷१७ , तिनाउ, पुर्वखोला, रम्भा र रिब्दीकोट गाउँपालिकामा १५÷१५ रैनादेवी छहरा गाउँपालिकामा १८ र बगनासकाली गाउँपालिकामा १६ गण्ना क्षेत्र तोकिएको छ ।
पाल्पामा चार हजार एक सय कृषक परिवारको तथ्याङ्क लिइने तथ्याङ्क कार्यालयले जनाएको छ । गणनाको लागि गणक र सुपरिवेक्षकलाई तालिम दिइसकिएकाmे छ ।













