बुटवल, कार्तिक १ । बुटवल–११ नहरपुरमा ३५ करोड रूपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न शाही ल्याण्ड होटेल सञ्चालनमा आएको छ । ११ कठठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो ‘स्टार लेबल’ को होटल हो । युवा उद्यमी तथा जनप्रतिनिधि नकुल शाही ठकुरीले एकल लगानीमा ४५ वटा डिलक्स कोठासहित होटल सञ्चालनमा ल्याएका हुन् ।
केही समय अघिदेखि होटल सञ्चालनमा रहे पनि सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी शनिबार उद्घाटन गरिएको हो । होटेलको बाहिरी बनावट र सुविधासम्पन्न रुमहरूले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने सञ्चालन शाहीले बताए । होटेलमा ३०० जना क्षमताको दुई वटा ब्यान्क्वेट हल, मिटिङ हल, रुपटप रेष्टुरेन्ट समेत रहेको छ ।
तिनाउ नदी पारी बेलबास बेथरी सडकसँग शान्त वातावरणमा रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको शाहीले बताए । पछिल्लो समय मुलुकमा भएको आन्दोलनले अफ्टयारोमा परेको अवस्थामा मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नंै हो भन्ने आत्मविश्वासका साथ होटेलमा लगानी गरिएको शाहीको भनाइ छ । होटलका प्रबन्धक विनोद भटटराईले होटलमा नेपाली खानालाई प्रबद्र्धन गर्ने बताए । साथै चाइनिज, कान्टिनेन्टल, इन्डियन, थाई, युरोपियन लगायत विभिन्न देशका परिकारहरु समेत पाइने प्रबन्धक भटटराईले बताए । होटलमा ३५ जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा छिटटै १ हजार क्षमताको ब्यान्क्वेट हल र स्वीमिङ पुल सञ्चालनमा ल्याउने तयारीमा छ ।










