राष्ट्रिय न्युज–नेपालले आइसिसी टी–२० वरीयतामा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै नेपाल १७ औं स्थानमा उक्लिएको हो । नेपाल यसअघि १८औँ स्थानमा थियो ।
नेपालले वरीयताका लागि ६९९७ अङ्क र १७५ रेटिङ पाएको छ । एसोसिएट देशमा नेपालभन्दा अगाडि नेनेदरल्यान्ड्स १३औँ, स्कटल्यान्ड १४औँ नामिबिया १५औँ र युएई १६औँ स्थानमा रहेको छ । यस्तै भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान क्रमशः शीर्ष १० मा यथावत छन् ।













