पाल्पा – पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका वडा नं. १ कचलमा रहेको कचल फाँट सिंचाई आयोजनाको काममा खटिएका एक स्थानिय सुख्खा पहिरोमा परि वेपत्ता भएका पुरुष मृत फेला परेको हो ।मंगलबार बेलुका देखि तिनाउ गाउँपालिकाको वडा नं. १ कचलस्थित कचल फाँट सिंचाई आयोजनाको काममा खटिएका अन्दाजी ६१ वर्षीय डिल बहादुर हिस्की आज बिहान मृत भेटिए ।
हिजोदेखि बेपत्ता हेस्कीको खोजी गर्न दोभान प्रहरी चौकी र स्थानीय रातिसम्म खटिए पनि पत्ता नलाएपछि आज बिहान खोजी गर्दा पौने सात बजेतिर शव फेला परेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो ।श्रेष्ठका अनुसार हिस्कीलाई कुलो खन्ने क्रममा सुख्खा पहिरोले पुरेको थियो ।













