राष्ट्रिय न्युज–बजारमा सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपियाँ तोकिएको छ।
गएको मङ्गलबार प्रतितोला २ लाख २१ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रुपियाँ, साथै तेजाबी सुन प्रतितोला २ लाख २२ हजार ३०० रुपियाँ कायम गरिएको महासङ्घले जनाएको छ। विश्लेषककानुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, कच्चा तेलको मूल्यवृद्धि र भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित मुद्राको रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य निरन्तर बढिरहेको हुनसक्ने आकलन गरिएको छ।










