राष्ट्रिय न्युज- नवनियुक्त शिक्षामन्त्री महावीर पुनले काम तुरुन्त अगाडी बढाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन। ३ बुदे निर्देशन दिएको कुरा मन्त्री पुनले सामाजिक संजालमा पोष्ट गर्दै जानकारी दिएका छन ।
मन्त्री पुनले लेखेको स्टाटस जस्ताको तस्तै
मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
मन्त्री पुनको बास मन्त्रालयमा
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई बस्नका लागि सरकारी निवास नचाहिने बताएका थिए । सोही अनुरुप मंगलबार देखि मन्त्रालयमै बस्न थालेका छन् । मन्त्री पुनको लागि सुत्ने बेड र भान्छा कोठाको व्यवस्था भएसँगै केशरमहलस्थित शिक्षा मन्त्रालयमै पकाउने खाने र बस्ने सुत्ने बताएका छन ।













