राष्ट्रिय न्युज- प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएर राष्टपतिलाई सिफारिस गरेकी छिन । आइतबार बसेको मन्त्रीपरिषद बैठक संगै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको हो । नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।
जस अनुशार डा. महाबिर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री जगदिश खरेल – सञ्चार तथा सूचना प्रविधि मन्त्री, डा. संगिता मिश्र – स्वास्थ्य तथा जनसंख्या मन्त्री अनिल सिन्हा – कानून, न्याय तथा संसदीय मामिला मन्त्री गरी यी ४ जनाको नाम पक्का जस्तै भएको छ भने मोहना अनसारी – महिला, बालबालिका तथा समाज कल्याण मन्त्री त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको पनि चर्चा छ ।













