पाल्पा– नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो गरिएको छ ।
पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको एमाले प्रदेश कमिटि सदस्य एवम् बगनाकाली इन्चार्ज देबीप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँको सरल शैली धेरैले मन पराइएको र चिदीले उपाध्यक्षको रुपमा कुशलतापुर्वक काम गर्नुभएकोले पनि उहाँलाई अध्यक्षको रुपमा अगाडि बढाइएको पार्टीले जनाएको हो ।
एमालेले बगनासकाली गाउँपालिकाका लगभग सबै वडाहरुमा नेतृत्व चयनको प्रक्रिया टुंगिएको बताए। यसअघि वडा नं. २ मा तिर्थ भट्टराई अध्यक्ष रहने गरि, वडा नं. ३ मा टिका बहादुर थापा अध्यक्ष रहनेगरि वडा नं. ६ यम्घामा जयराम बस्याल अध्यक्ष रहनेगरि वडा नं. ७ खानीगाउँमा गण बहादुर बुढाथोकी अध्यक्ष रहनेगरि उम्मेद्वारहरु चयन गरि सावर्जनिक गरिएको छ । अन्य वडाहरुको काम पनि भईरहेको एमालेले जनाएका छन् ।













