पाल्पा – बृद्धालाई जर्बजस्ती गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेका छन् । रिव्दीकोट गाउँपालिकाकी ७० वर्षीय बृद्धालाई जर्बजस्ती गरेको आरोपमा प्रहरीले रिब्दीकोट–४ भैरवस्थानका २७ वर्षका युवक सञ्जय सुनारलाई पक्राउ गरेका छन्।
सुनारले बैशाख ४ गते साढे १२ बजेको समयमा रिब्दीकोट–४, भैरवस्थान मन्दिर नजिकै ती वृद्धा महिलालाई जर्बजस्ती गरेको प्रहरीले बनाएका छन् ।
पीडितको उजुरीका आधारमा तत्कालै घटनामा संलग्न युवकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो ।













