राष्ट्रिय न्युज तानसेन -
पाल्पा - पाल्पा जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा स्थापित संस्था नवयुग कृषि सहकारी संस्था लि. तानसेन-७, प्रभास पाल्पाले नवयुग सहकारी पसलको कार्यक्रमका बिच समुदघाटन गरेको छ। कृषकहरुबाट उत्पादित कृषि जन्य उत्पादन, दुध , मह लगायतका उत्पादन खरिद,बिक्रि , बजारीकरणमा सहयोग , आयआर्जन बढाउनमा सहयोग उपभोक्ता/ कृषकहरुलाई आवश्यक पर्ने कृषि आौजार तथा मेसिनरी ,बीउबिजन, जैविक तथा रासायनिक मलखाद, दुध तथा दुग्ध जन्य पदार्थहरु, पशुपन्छी औषधी, दाना तथा आहार एवं दैनिक उपभोग्य सामानहरु शुपथ मूल्यमा उपलब्ध गराइ सहजता प्रदान गर्ने उद्देश्यले पाल्पाको प्रभासमा " नवयुग सहकारी पसल" को सुभारम्भ समारोहको आयोजना गरी विधिवत रुपमा संचालनमा ल्याएको हो।
जिल्ला समन्वय समिति सभापति : टंकनाथ खनालले कार्यक्रमको समुदघाटन गर्दै देशका विभिन्न स्थानमा संचालित सहकारीहरुमा देखिएको समस्या पाल्पाका केही सहकारीहरु समस्या ग्रस्त छन् सचेत भएर सहकारीको सिद्धान्त ,मर्म र सहकारी ऐनको परिधिभित्र रहेर सहकारी संस्थाहरु संचालन गर्नु पर्नेमा जोड्दिनुभयो। खनालले नवयुग सहकारी संस्थाले गरेका प्रगतिको प्रशंसा गर्दै आगामी दिनहरुमा थप सफलताको शुभकामना व्यक्त गर्नु भयो।
त्यसैगरी जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष : भूपति पाण्डेले प्रभास पाल्पाकै एउटा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र रहेको साथै यहाँको उत्पादनमा जोड दिन सके बुटवल र पोखरा सम्म बिक्री गर्न सहजरूपमा सकिने हुदा बजारीकरणमा समस्या नरहने , कृषकहरुका लागि आवश्यक बीउबिजन , दाना मलखाद र अन्य कुराहरु सहजरुपमा सुपथ मुल्यमा उपलब्ध गराउन सकिने कुरामा कुनै दुईमत नरहेको बताउनुभयो । पाण्डेले व्यवस्थित र पार्दशी रुपमा व्यवसाय संचालन गर्न प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै संचालन समितिलाई निश्चिन्त भएर अगाडि बढ्दा संस्था र उपभोक्ता दुबैलाई फाईदा हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका वरिष्ठ पशु चिकित्सक : दुर्गाप्रसाद खनालले नवयुगको थालनीको प्रसंशा गर्दै दुग्ध उत्पादनमा वृद्धि , दुधको विविधिकरण र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने कुरामा जोडदिदै सफलताको शुभकामना व्यक्त गर्दै भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो।
कृषि ज्ञान केन्द्र पाल्पाका सूचना अधिकृत : मनिषा पौडेलले पाल्पामा हामीले सहकार्य गरेर काम गरेका संघसंस्थाहरु मध्ये नवयुग सहकारी उत्कृष्ट संस्था रहेको साथै आगामी दिनहरुमा कृषि ज्ञान केन्द्र पाल्पा मार्फत हुन सक्ने कार्यक्रमहरुमा नवयुग सहकारी संस्थालाई विशेष प्राथमिकता रहने बताउदै नवयुग सहकारी पसलले आम कृषकहरुलाई सहयोग पुग्ने विश्वासका साथ व्यवसायीक सफलताको शुभकामना व्यक्त गर्नुभयो।
हेफर इन्टरनेशनल नेपाल पाल्पा शाखाका प्राविधिक : विष्णु रेग्मीले नवयुग सहकारीले गरेका कार्यहरू अत्यन्तै हर्षयुक्त रहेको साथै हाल सम्म हेफरबाट कुनै सहयोग गर्न नसकिएको भएतापनि आगामी दिनमा प्राविधिक तथा अन्य कुराहरुमा सहकार्य गरेर अगाडि बढ्न तयार रहेको कुरा बताउनु भयो।
पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक : रामप्रसाद पोखरेलले वर्तमान संचालन समितिले गरेका कामहरुको प्रशंसा गर्दै ...संचालक समितिको निगरानी, कर्मचारीको इमानदारीता र शेयर सदस्यको विश्वास रहेमा शहकारी पसलले राम्रो प्रतिफल दिने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो।
सुभारम्भ समारोह संस्थाका अध्यक्ष मोहन लाल गैरेको अध्यक्षता उपाध्यक्ष सुशील कुमार नेपालको स्वागत र संस्थाका सचिव श्रीकृष्ण पोखरेलको संचालनमा सम्पन्न भएको थियो।
- खेमराज पाण्डे (श्रीधर)













