हरि जि.सि राष्ट्रिय न्युज -
माथागढी गाउँपालिका वडा न ४ अबस्थित रत्नमाध्यमिक बिद्यालयलाई जग्गादाता अक्षयकोषदाता स्व: बमबहादुर जि. सी.का सुपुत्र लक्ष्मण बहादुर जि. सी.ले ८१ वर्ष पुगेको शुभ जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा विद्यालयको समग्र शैक्षिक प्रगतिको प्रेरणा र सहयोग स्वरुप रु. ५०००००/- अक्षयरुपी पाँचलाख रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो।
ज्येष्ठ नागरिकसमेत रहनुभएका समाजसेवी जिसिले विद्यालयप्रति आफ्नो अगाध लगाव र स्नेह रहेको भन्दै विद्यालयमा रहेका जेहेन्दार विद्यार्थीका लागि आफूहरुले स्थापना गरेको अक्षयकोषले पठनपाठनका लागि प्रोत्साहन गर्ने बताउनुभयो ।
सोहि अवसरमा विद्यालय माथगढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिले समाजसेवीले अक्षयकोष स्थापना गरी सामाजिक कार्यमा इँटा थप्नुभएको भन्दै प्रशंसा गर्नुभयो । उहाले फजुल खर्च गरेर जन्मदिन मनाउने सस्कृती निम्तिरहेको अवस्थामा विद्यालयमा अक्षयकोषको स्थापना गरी सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
माथगढी गाउँपालिका वडा ४ का वडा अध्यक्ष शखर दर्लामीले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग गर्न सुझाव दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक नीर बहादुर सारुले उहाँहरुले विद्यालयप्रति गरेको रचनात्मक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयले थप साथ र सहयोगको महसुस गरेको बताउनुभयो । विद्यार्थीको रोजाइको पहिलो विद्यालयका रुपमा आफूलाई उभ्याउन सफल भएको र यस विद्यालयले उत्कृष्ट नतिजा ल्याउदै आएको समेत जानकारी दिनुभयो ।
उहालाई बिद्यालयबाट प्रशसा पत्र समेत प्रदान गरिएको थियो ।
उहाँहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,सदस्य शिक्षक, विद्यार्थी, अभिभावकले उहाँहरुलाई विद्यालयमा स्वागत अभिनन्दन गर्नुभयो ।
वि व्या स अध्यक्षले धन्यवाद सहित कार्यक्र समापन भएको थियो।











