राष्ट्रिय न्युज-माथागढी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा सुन्दर श्रेष्ठ आउनु भएको छ। यस अघि पुर्वखोला गाउँपालिकामा कार्यरत श्रेष्ठले पाल्पा कै तिनाउ र बगनासकालीमा प्रमुख प्रशासकिय अधिकृतको रूपमा काम गरेको अनुभव संगाली सक्नु भएको छ। त्यसैगरी माथागढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद घिमिरेलाई समेत बिदाई गरिएकोछ। घिमिरेले माथागढी गाउँपालिकामा आफ्नो सफल कार्यकाल पूरा गरि सामान्य प्रशासन मन्त्रालय अतिरिक्त सेवामा जान लाग्नु भएको हो।
बिहीबार गाँउपालिकामा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई स्वागत र घिमिरेलाई बिदाई गरिएको हो। सोही अवसरमा माथा प्रहरी चौकीमा बुधबार मात्रै आउनु भएका प्रमुख थमन पराजुलीलाई समेत स्वागत गरिएको थियो। गाउँपालिका अध्यक्ष यम चिदी, उपाध्यक्ष बिष्णुमाया लुङ्चे , वडा अध्यक्षहरुको तर्फबाट प्रबक्ता शंकर दर्लामी,वडासदस्यहरुको तर्फबाट खेमान दिशाले बिदाई भई जान लाग्नु भएका घिमिरेको कार्यकालमा भएका गतिबिधि र प्रगतिका बारेमा बताउदै माथागढीमा आउनु भएका श्रेष्ठको अनुभव र आगामी दिनमा पालिकामा खेल्नु पर्ने भूमिकाको चर्चा गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष यम चिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई मन्तब्यबाट स्वागत स्वास्थ्य शाखा प्रमुख केशव जिसीले गर्नु भएको थियो। भने सूचना अधिकारी नित्यानन्द खनालले संचालन गर्नु भएको थियो ।













