राष्ट्रिय न्युज-पाल्पाको माथागढी गाँउपालिका वडा नम्बर २ को कृषि संजाल पुनर्गठन गरिएको छ। आइतबार वडा कार्यालयमा आयोजित भेलाले लामो समयदेखि निस्क्रिय रहेको संजाललाई पुन क्रियाशील बनाई कृषि अभियानमा सक्रिय बनाउने उद्देश्यका साथ समिक्षा गर्दै रुप्से कृषक संजाल पुनर्गठन गरेको हो। पुनर्गठित संजालको अध्यक्षमा गणेश रुचाल, सचिव केस बहादुर सारु कोसाध्यक्ष कुमारी सुर्यबंसी सहित १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।
रुप्से कृषि संजाल समिक्षा तथा पुनर्गठन कार्यक्रममा कृषक संजाल किन र केको लागि आवश्यकता भन्ने बिषयमा प्रस्ट पार्दै वडा कृषि प्राबिधिक गङ्गा सारुले वडा कार्यालयमा अन्य योजना र सडक भौतिक पूर्वाधार जस्ता कुराको योजना माग गर्न आईरहने तर कृषक समस्या हकहित राहतको लागि कुनै किसानले माग गर्न नआएको भन्दै गुनासो गर्नु भयो। वडा सदस्य यान सिंह थापाले कृषक समस्या समाधान गर्न सधै आफुहरु सक्रिय पुर्वक लाग्ने बताउनु भयो।
वडा अध्यक्ष बोम बहादुर ठाडाले बाटा घाटा चोक पधेरामा जनप्रतिनिधिले केही गरेन भनेर कुरा गर्नु भन्दा वडा कार्यालयमा आएर आफ्ना कुरा राख्न समस्या बताउन सबैलाई अनुरोध गर्दै सार्वजनिक बिदा बाहेक अन्य दिनमा नियमित आफु वडा कार्यालय मै भेटिने जानकारी समेत गराउनु भयो। संजाललाई अव दर्ता प्रक्रियामा अघि बढाएर कृषक समस्या हल गर्ने र कृषक आत्म निर्भर बनाउने तरिकाले बिभिन्न योजना सहित चलायमान बनाउन लागि पर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भयो । कार्यक्रम सामाजिक स्रोत केन्द्र फोकल पर्सन मान बहादुर सारुको संचालन र वडा अध्यक्ष बोम बहादुर ठाडाको अध्यक्षतामा सम्पन भएको थियो ।












