राष्ट्रिय न्युज- अनेरास्ववियु पाल्पाको २५ औ जिल्ला अधिबेशन तानसेनमा सम्पन्न भएकोछ । शनिबार सम्पन्न अधिबेशनबाट अध्यक्षमा सन्देश ढकाल चयन भएका छन। सर्व सहमत चयन भएको जिल्ला कमिटीको उपाध्यक्षमा केशव नेपाल र इन्दु गाहा, सचिव सुशील रेग्मी, ४ जना सहसचिवमा बिपिन पंगेनी, दुर्गा बि.क, सृजना बस्याल र चादनी न्यौपाने साथै कोसाध्यक्षमा शिर्षा पाैडेल चयन भएकी छिन भने ३१ सदस्यीय कार्य समिति सर्व समहत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमाले निकट बिद्यार्थी भात्रृ संगठन अनेरास्ववियु पाल्पाको २५ औ जिल्ला अधिबेशनमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री, खेम सारु, पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर प्रसाद गैरे, नेकपा एमाले पाल्पा जिल्ला अध्यक्ष ओम बहादुर घर्ति लगायत जिल्ला तहका नेताहरु र बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।













