पाल्पा – पाल्पा जिल्लामा चैत २३ गतेदेखि सुरु भएको टाइफाइड विरुद्धको खोप अभियानमा हालसम्म ८३.११ प्रतिशत बालबालिकाले टाइफाइड विरुद्धकोे खोप लएका छन् ।
टाइफाइड विरुद्धको खोप अभियानमा सबैभन्दा बढी पूर्वखोला गाउँपालिकामा ९७.१४ प्रतिशत र सबैभन्दा कम तिनाउ गाउँपालिकामा ६८.२३ प्रतिशत बालबालिका खोपमा सहभागी भएको तथ्याङ्कमा जानकारी छ ।
त्यस्तै तानसेन नगरपालिकामा ८२.५१ प्रतिशत, रामपुर नगरपालिकामा ८४.२५ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ७४.९० प्रतिशत, रम्भा गाउँपालिकामा ९०.७२ प्रतिशत, निस्दी गाउपालिकामा ९५.३८ प्रतिशत, माथागढी गाउँपालिकामा ८०.१३ प्रतिशत, रैनादेवि छहरा गाउँपालिकामा ८४.७० प्रतिशत र बगनासकाली गाउँपालिकामा ७३.४५ प्रतिशत बालबालिकाहरु खोपमा सहभागी भएका थिए ।
पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम भएको र रछुटेकालाई पुनः स्वास्थय संस्थामार्फत तथा बैशाखदेखि नियमित खोपकै रुपमा लगाउने पनि स्वास्थय कार्यालयले जानकारी गराएका छन् ।













