सुमन कार्की
पाल्पा , ३० चैत्र
बगनासकाली गाउपालिकाका कर्मचारीहरु द्वारा नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका छन् । गाउपालिकामा आयोजित बिविध कार्यक्रमका साथ साथै नयाँ बर्षको शुभकामना आदान प्रदान गरेका हुन ।
कार्यक्रममा बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण बस्यालले स्थानीय तहको पहिलो कार्यकाल सफल रहेको बताउदै कार्यकाल सफल बनाउनमा कर्मचारीहरुबाट ठूलो सहयोग भएको बताउनु भयो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष सरस्वती चिदी, प्रवक्ता लक्ष्मी अधिकारी, वडा नं ९का वडा अध्यक्ष ठानेश्वर तिमिल्सेना, वडा नं.८का वडा अध्यक्ष गणेश बस्याल लगायतले नया बर्षको शुभकामना दिदै चालू आर्थिक बर्षको कार्यक्रम समयमै सक्न लागेकोमा धन्यवाद दिनुभयो ।
नया बर्ष २०७९ को अवसरमा अन्तर कर्मचारी बिच बिविध कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । सो अवसरमा अन्र्तर कर्मचारी ब्याडमिण्टन प्रतियोगिता, अन्र्तर कर्मचारी बुद्धिचाल प्रतियोगिता, कार्यालय परिसर सरसफाई तथा फुल रोपण कार्यक्रम, अन्र्तर कर्मचारी चम्चा दौड प्रतियोगिता, अन्र्तर कर्मचारी कविता÷गजल÷गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
त्यसैगरी विविध कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने कर्मचारीहरुलाइ पुरस्कार समेत वितरण गरिएको थियो । त्यस्तै साझ कार्यालय परिसरमा दीपावली गरि नया बर्षलाइ स्वागत गरिएको गाउपालिकाले जनाएको छ ।
बगनासकाली गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले कर्मचारीहरुलाइ कामको बोझबाट पुनर्ताजगीका लागि विभिन्न खेलहरु खेलाइएको बताउदै उनिहरुमा लुकेको प्रतिभा समेत बाहिर ल्याउन अतिरिक्त क्रियाकलाप गराइएको जानकारी गराउनु भयो ।














