राष्ट्रिय न्युज- माथागढी गाउँपालिका ३ कसेनी वडाको आ.व. २०८१/८२ को योजना समिक्षा तथा आ.व. २०८२/८३ को योजनाको जानकारी सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अथिति एबम गाँउपालिका अध्यक्ष यम चिदीले ब्यनार पढेर उद्घाटन गर्नु भएको थियो । प्रमुख अथिति चिदीले बार्षिक बजेट योजना कार्यान्वन गर्न उपभोक्ताको महत्वपूर्ण भूमिका रहेको बताउदै वडा नम्बर ३ मा परेको बजेट अन्तर्गत सबै कामहरु समय मै सम्पन्न गर्न सम्भव भएको बताउनु भयो । साथै हरेक योजना माग गरि सम्पन्न भईसकेपछि पनि सम्बन्धित समुह, सँस्था, टोलले जिम्मेवारी लिएर संरक्षण गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो। उँहाले भन्नु भयो माग्नुहोस, बजेट दिन्छौ, काम सम्पन्न भईसकेपछि त्यसको जिम्मेवारी पनि लिनुहोस ।
कार्यक्रममा वडाबासीहरु, सरोकारवाला शेष कुमारी ढकाल, दुर्गा ढेंगा, तिल कुमारी पोख्रेल, जित बहादुर बिक, युवराज गाहा, शंकर काफ्ले, सम्मर कुमाल, देवी घर्ति, चित्र बिर नेपाली लगायतले वडाका योजना, कृषि अनुदान, सडक बत्ति, सिंचाई, खानेपानी जस्ता बिबिध बिषयमा सोधेका प्रश्न राखेको जिज्ञासा, गुनासाहरुको जवाफ दिदै वडा अध्यक्ष तेज घर्ती मगरले आफुहरुले हरेक समस्या समाधान गर्न तत्पर रहेको बताउदै जनप्रतिनिधिले मात्रै चाहेर बिकास नहुने हुदा वडाबासीले साथ दिन अनुरोध गर्नु भयो ।साथै आँउदो आर्थिक बर्ष २०८२/०८३ मा वडाका बिभिन्न योजनाको लागि छुत्याईएको ४० लाख रुपैया बराबर बजेटको बुदागत जानकारी गराउनु भएको थियो । उँहाले गत आर्थिक बर्ष २०८१/०८२ मा कसेनी वडा कार्यालयले धन्नै २१ लाख, २९ हजार ६३ रुपैया ७८ पैसा राजश्व संकलन गरेको जानकारी गराउनु भएको छ ।
त्यसै गरि वडा सदस्य मन बहादुर रानाले विद्युत, बोटबिरुवा, फलफुल सम्बन्धि, कार्यपालिका सदस्य लिलासरा चिदीले कृषि र महिला सम्बन्धि भएका गतिबिधिको जानकारी गराउनु भएको थियो भने दिब्य ज्योति माविका प्रअ लोकेन्द्र थापाले शिक्षा क्षेत्रमा वडा र पालिकाले खेलेको भूमिकाको चर्चा गर्नु भएको थियो ।
वडा अध्यक्ष तेज घर्ती मगरको अध्यक्षता र सचिव केशव जोशीको संचालनमा सम्पन्न कार्यक्रक्रममा वडाका जनप्रतिनिधि स्थानीय समाजसेवी, टोल समयोजक लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रकमको पहिलो चरणमा माथागढी गाउँपालिका ३ कसेनी वडाको आ.व. २०८१/८२ को योजना समिक्षामा वडाका सचिव सहित बिभिन्न शाखा प्रमुखहरुले बिभिन्न शाखाले गरेको गतिबिधी भएको प्रगति जानकारी गराउनु भएको थियो ।












