राष्ट्रिय न्युज- नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनले ऐतिहासिक दर्लम महाकाली मन्दिरमा मंगलबार एक कार्यक्रमका बीच घन्ट चढाएको छ। मन्दिरको मुल ढोका अगाडी ठुलो घन्ट विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई अर्पण गरिएको हो।
गणपति प्रमुख सेनानी भुपेन्द्र गुरुङ्गले बिशेष पूजा अर्चना गरि गणको तर्फबाट घन्ट चढाउनु भएको हो। समारोहमा गणका सेनानी जीत बहादुर कार्की र साबित्री थापा सहित अन्य अधिकृत र सकल दर्जाका सैनिकहरूको उपस्थिति थियो।
मन्दिरका अध्यक्ष ङणराज गैरेको सभापतित्वमा आयोजना भएको कार्यक्रममा गणपति गुरुङ्ग, मन्दिरका बरिष्ठ उपाध्यक्ष मुक्तिराम शर्मा पौडेल, वडाध्यक्ष ओम प्रकाश गैरे, पत्रकार मानव अधिकारकर्मी सामाजिक अभियन्ता भगवान् भन्डारी लगायतले मन्दिरको संरक्षण र पर्यटन बिकास बारे आ आफ्नो धारणा राख्दै सैनिक र नागरिक सम्बन्ध अझ नजिक बनाउन भूमिका खेल्ने बताउनु भयो ।












