राष्ट्रिय न्युज- पाल्पाको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलवरपर सुर्ति एबम मदिराजन्य पदार्थको खरिद विक्री कार्यलाई रोक्न अनुरोध गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ११ बमोजिम १८ वर्ष उमेर नपुगेको व्यक्तिलाई र गर्भवती महिलालाई र शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाजाश्रम, अनाथालयको कम्तिमा एक सय मिटर भित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ विकी वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाईने कानुनी व्यवस्था रहेकोले सोही अनुसार गर्न अनुरोध गरेको छ ।
कानुनी व्यवस्था उल्लंघन भए नभएको विषयमा सुरक्षा निकाय र अन्य माध्यमबाट समेत सुक्ष्म निगरानी एवम अनुगमन गरिनेछ । यदि कसैले कानुनी व्यवस्था विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने व्यहोरा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी गरेको अनुरोध













