राष्ट्रिय न्युज- सनराइज पब्लिक स्कुल माथागढी २ रुप्सेले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रकाशित नतिजा अनुशार माथागढी गाँउपालिका अन्तर्गतका सामुदायिक एबम सँस्थागत बिद्यालयहरुमा पालिका प्रथम हुदै सतप्रतिशत नतिजा निकाल्न सफल भएकोमा पन्चे बाजा सहित र्याली निकाली खुशीयाली मनाएको छ । सोही बिद्यालयका छात्र बिरेन्द्र गाहा ३.८१ जीपीए ल्याएर पालिका प्रथम भएका छन भने छात्राहरुमा सजिना आले ३.६६ जिपिए ल्याएर छात्रा तर्फ पालिका प्रथम भएकी थिइन । उक्त बिद्यालयबाट १० जना बिद्यार्थीहरु SEE-2081मा सामेल भएकोमा सबै ३ भन्दा माथि जीपीए ल्याएर उतिर्ण भएका छन।
सोमबार खुशीयाली र्याली निकालिनु अघि सम्मान तथा बधाई कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा प्रमुख अथिति एबम गाँउपालिकाका अध्यक्ष यम चिदीले एसइई २०८१ को नतिजा हेर्दा माथागढी गाँउपालिकामा जम्मा ३ वटा मात्रै बिद्यालयले सतप्रतिशत नतिजा निकालेको छ जसमा सनराइज पब्लिक स्कुलले उत्कृस्ट नतिजा ल्याएकोमा बधाई दिदै सरकारी नीति नियमले मिल्नेसम्म माथागढी गाँउपालिकाले शैक्षिक गतिविधिमा सामुदायिक र सँस्थागत बिद्यालयलाई समान रुपमा हेर्ने गरेको जानकारी दिनु भयो। सो अवसरमा प्याप्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्त, प्याप्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष महेशमान बज्राचार्यले आफ्नो मन्तब्य राख्दै पाल्पा जिल्लामा सस्थागत बिद्यालयले ४ जीपीए नतिजा सहित ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको जानकारी गराउनु भयो।
सो अवसरमा उतिर्ण भएका बिद्यार्थी, उत्कृष्ट गराउने बिषयगत शिक्षक र अभिभावकलाई सम्मान गरिएको थियो। गाँउपालिका अध्यक्ष यम चिदी प्रमुख अथिति रहेको कार्यक्रम बिद्यालय संचालक समितिका अध्यक्ष जनक रिजेलको अध्यक्षता, निबर्तमान अध्यक्ष तारा सारुको स्वागत मन्तब्य र शिक्षक गन रानाको संचालनमा सम्पन भएको थियो। बिद्यालयबाट पन्चे बाजा सहित निकालेको र्यालीले खहरेबजार, सराईबजार एक्लेबर,मान्के, सोले, दोहोरा र फेदी परिक्रमा गरेको थियो ।
गत बर्ष भन्दा यस बर्ष एसइई को नतिजामा केहि सुधार आएको छ भने माथागढीमा सामुदायिक तर्फ कर्णधार मावि, सँस्थागत तर्फ सनराईज पब्लिक स्कुल र माउन्ट भ्याली स्कुलले सतप्रतिशत नतिजा निकाल्न सफल भएका हुन।जस मध्ये वडा नम्बर २ रुप्सेमा रहेका दुई बिद्यालय नतिजाको आधारमा सनराइज पब्लिक स्कुल समग्रमा माथागढी प्रथम र सामुदायिक बिद्यालय तर्फ कर्णधार मावि पालिका प्रथम भएको छ। भने कर्णधार माविले केहि दिन पहिला खुशीयाली र्याली निकालीसकेको छ ।













