राष्ट्रिय न्युज - पाल्पाको तानसेनमा एक ब्याक्ति पक्राउ परेका छन । महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका ब्याक्तिलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेकाे हो । डेढ वर्षअघि अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गरेर फरार रहेका तानसेन-१० का ६२ वर्षीय ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेकाे प्रहरीले जनाएको छ । आइतबार कार्कीलाई तानसेनकाे लहरेपीपलबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभएको छ । पीडित महिलाको आमाले दिएकाे उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएकाे सूचना अधिकारी मल्ल जानकारी गराउनु भयो ।
मिति २०८० पुस २० गते पीडित महिलाकाे घरमै आएर शारीरिक अशक्त महिलालाई जबर्जस्ती गरी कार्की फरार भएका थिए । प्रहरीकाे लामाे समयकाे प्रयासपछि उनलाई पक्राउ गरिएकाे हाे । पाल्पा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।













