राष्ट्रिय न्युज-प्रगतिशील लेखक संघ पाल्पाको "कलम"मुखपत्र विमोचन तथा परिचर्चा" कार्यक्रम शनिबार तानसेनमा सम्पन्न भएकाे छ । संघले तेस्राे अंककाे रूपमा प्रकाशन गरेकाे मुखपत्र कलमकाे नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रतिनिधि सभाका सदस्य ठाकुर गैरे, पूर्व मन्त्री साेमप्रसाद पाण्डेय, लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू, संविधान सभा सदस्य नारायणी शर्मा घिमिरेलगायतले सार्वजनिक गर्नुभयाे ।
कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा साहित्य अनुरागी विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थितिमा सम्पन्न कार्यक्रममा टंकप्रसाद पन्थले विमोचित कृति वा मुखपत्र "कलम"माथि विश्लेषण तथा समिक्षा गर्नुभएको थियो। प्रगतिशील लेखक संघ पाल्पाका सचीव नारायण अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । पुस्तकमाथि उठेका प्रश्नका बारेमा संघका केन्द्रीय सदस्य रामप्रसाद अर्यालले जानकारी दिनुभएकाे थियाे ।













