राष्ट्रिय न्युज-हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएकोछ ।
एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको तुलसीका बिरुवा आज मोठ या मैरामा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठ या मैरामा विशेष पूजा गर्ने चलन छ।
भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्दछ्न । पाल्पामा पनि आज घर घरमा बिहानै देखि मठ र मैरामा तुलसी रोप्ने सार्ने कार्य गर्दै फ्लाहार अर्थात फलफूल खाएर उपास बस्ने गर्दछ्न।













