रास्ट्रीय न्युज- पाल्पा,२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रकाशित नतिजा अनुशार माथागढी गाँउपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरु मध्ये कर्णधार माविले सतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । भने सामुदायिक बिद्यालय तर्फ पालिका प्रथम समेत माथागढी गाँउपालिका वडा नम्बर २ रुप्से स्थित कर्णधार माविका बिद्यार्थी रोजिन थापा भएका छन । उनले ३.५८ जीपीए ल्याएका छन । एसइई परिक्षामा सामेल भएका ६ जना बिद्यार्थीहरुको ३ जीपीए माथि नतिजा आएको छ ।
विद्यालयले उत्कृस्ट नतिजा ल्याएको खुशीयालीमा मंगलबार एक कार्यक्रम आयोजना गरि खुशीयाली र्याली निकालिएको थियो । प्रमुख अथिति माथागढी गाँउपालिका अध्यक्ष यम चिदीले उद्घाटन मन्तब्य राख्दै आखिर गरे के हुदैन लगन, मिहेनत, अनुशासन, सक्रियतापुर्वक लाग्ने हो भने सफलता हात पार्न सकिन्छ भन्ने कुरा कर्णधार माविले साबित गरेर देखाए को छ।
।
बिद्यालयका प्रअ संगै शिक्षक कर्मचारीको लगनशीलता, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षको सक्रियता सफलताको मुख्य कारण रहेको बताउनु भयो । सामुदायिक बिद्यालयहरुमा जताततै कर्णधार माविको चर्चा चलेको भन्दै सतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा बधाई दिनु भएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यानसिंह थापाले आफु अध्यक्ष बन्दा शुरु मै गरेको बाचा अनुशार जहिलेसम्म बिद्यालयले उत्कृस्ट नतिजा ल्याउन सक्दैन, तबसम्म फुलमाला टिका नलाउने बाचा गरेकोमा आज शिक्षकको प्रयास विद्यार्थीको मेहनतले सफलता मिलेको भन्दै नगद १६ हजार पुरस्कार बिद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यानसिंह थापाको अध्यक्षता, पालिका अध्यक्ष यम चिदीको प्रमुख आथिथ्यता, शिक्षिका मानवी सोमैको स्वागत मन्तब्य र शिक्षक समिर कोईरालाको संचालनमा औपचिरिक कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा बिद्यालय ब्यबस्थापन समितिका सदस्य मोहन थापा, प्रधान अध्यापक राजन अधिकारी लगायतका बिषयगत शिक्षकहरुले उत्कृस्ट अंक ल्याउने बिद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रमुख अथिति चिदी, वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, निबर्तमान गाँउपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई लगायतले सफल भएका विद्यार्थीलाई सम्मान गर्नु भएको थियो । औपचारिक कार्यक्रम समापनसंगै खुशीयालीमा निकालिएको उत्सव र्यालीले गैराबारी, दद्रा, खहरेबजार, मान्के, दोहोरा, सोले लगायतका ठाँउमा पन्चे बाजा सहित परिक्रमा गरेको थियो । पन्चे बाजा ज्ञानोदय आधारभूत बिद्यालयका साना साना बाबु नानुहरुले बाजा बजाएर सबैलाई मनोरन्जन प्रदान गरेर अचम्म पारेका थिए ।
माथागढीमा रहेका नमुना बिद्यालयहरुको रिजल्ट खस्किएको समयमा कर्णधार माविले पहिलो पटक ईतिहास रच्दै यो सफलता हात पारेको हो । यति बेला कर्णधार माविको सफलताले नाम चलेका बिद्यालयलाई गुणस्तरीय शिक्षाको लागि चुनौती थपिएको छ । उता सनराईज पब्लिक स्कुल रुप्सेले माथागढी गाँउपालिका भरिका सामुदायिक र सस्थागत दुवै तर्फका बिद्यालयलाई उछिन्दै गाँउपालिका प्रथम छात्र र छात्रा आफ्नो बिद्यालयको नाममा लेखाउन सफल भएका छ । सत प्रतिशत नतिजा निकाल्ने पालिकामा उत्कृस्ट जीपीए ल्याउने दुवै बिद्यालय वडा नम्बर २ रुप्सेमा संचालित रहेका छन ।













