राष्ट्रिय न्युज ।
चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केदार घिमिरेलाई नयाँ रुप, नयाँ यात्रा उनले निभाएको भूमिकालाई लिएर फेरी चर्चा शुरु भएको छ।
ऋषि लामिछानेको निर्देशन रहेको चलचित्र आरम्भ प्रोडक्सन ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् । चलचित्रको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन्। चलचित्र ‘माग्ने राजा’ लाई आरआर फिल्मसले वितरण गर्ने निर्माण पक्षले जनाएको छ ।
टिजर हेर्न क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=0pvosNcq4Hc&t=118s










