पाल्पा।
पाल्पा सहित देशभर असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
आएतबार पाल्पा लगायत देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । यो वर्ष ‘धान बालिमा सघनताः खाद्य सुरक्षा, आत्मनिर्भरता भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना गरि मनाइएको छ।
तानसेन नगरपालिका वडा न ९ र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा माडीफाँटमा धान रोपेर दिवस मनाईएको छ ।
प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरेले चक्लाबन्दी कार्यक्रममार्फत उत्पादनमा वृद्धि गर्ने, पाल्पाका फाँटमा १२ महिना प्रशस्त सिंचाईको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग आवश्यक समन्वयको काम भईरहेको बताउनुभयो। फाँटमा बर्षाद्को समयमा प्रशस्त सिंचाई भएपनि हिउँदमा सिंचाईको अभाव हुँदा सबै किसिमका कृषिजन्य उत्पादनको लागि कठिनाई भएको बताउनुभयो । जिल्लाभित्रका खेत तथा फाँटहरुलाई खेतीयोग्य बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । उप–प्रमुख गैरेले खेतीयोग्य फाँटहरुमा घर तथा उद्योगधन्दा नबनाई खेती मात्र गर्न कृषकहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख अरबिन्द मणि त्रिपाठीले प्रमुखवालीको रुपमा धान खेती भएकाले सरकारले धान खेतीलाई राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको बताउनुभयो । पाल्पामा विगतका वर्षहरुमा भन्दा यस धान उत्पादनमा वृद्धि हुने ज्ञान केन्द्रका प्रमुख त्रिपाठीले बताउनुधयो ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदिले रोपाइको समयमा मलको अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै संघ सरकारलाई मल आपूर्ति समयमै सुनिश्चित गर्न आग्रह गर्नुभयो । कृषिमा आत्मनिर्भरता कायम नगरी समृद्ध नेपालको सपना पूरा हुन नसक्ने उहाको भनाइ थियो ।
कार्यक्रममा तानसेन ९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले उन्नत जातको विउ, कृषि उत्पादनमा यान्त्रिकरण, विभिन्न किसिमको प्राविधिक सहयोगको कारण कम लागतमै धानको उत्पादनमा वृद्धि भएको बताउनुभयो । यतीबेला जिल्लाका अधिकाश ठूला ठूला फाँटहरुमा कृषकहरु रोपाइँमा व्यस्त भएका छन् । कृषकहरुले ठूला ठूला फाँटहरुमा आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्ने प्रचलन पाल्पामा रहेको छ । पाल्पाका ठूला फाँटहरु रामपुर, झडेवा, माँडी, कचल, अर्गली, हुंगी, सर्देवा, छेर्लुङ्ग चहला फाँटहरुमा प्रशस्त मात्रामा धान खेती हुने गरेको छ ।पानी समयमै परेकाले यहाँका टारी खेतहरुमा पनि रोपाइँ भएको छ । असारमा मानो रोपेर मंसिरमा मुरी उव्जाउन यहाँका कृषकहरु फाँटहरुमा खटिएका हुन पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुँदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ ।
सोहि अवसरमा पाल्पा जिल्लाका सर्वोत्कृष्ट ४ जना किसानलाइ सम्मान समेत गरीइको छ।तानसेन ८ का उमनाथ घिमिरे, तानसेन ७ का महेश्वर पन्थ,रैनादेविछहरा ४ का दुर्गा प्रशाद कोइराला,बगनासकाली ८ का झविन्द्र बस्याललाइ नगद,दोसल्ला र प्रमाणपत्रले सम्मान गरीएको थियो।
तानेिन ८ का वडाअध्यक्ष राजेशकुमार अर्यालको नेतृत्वमा चलेको रोपाइमा महिला पुरुष दुवैको छुट्टाछुट्टै हिलोमा दौडने र छिटो धान रोप्ने प्रतियोगिता समेत गरेको छ। छिटो धान रोप्ने प्रतियोगितामा रिमा राना प्रथम,लक्ष्मी कुमाल द्धितिय, भगवति पंगेनि तृतिय, सिता भट्टराइले शान्तवना स्थान प्राप्त गर्नुभएको छ।त्यस्तैगरी हिलोमा दौडने प्रतियोगिता महिलातर्फ सिमा खड्का प्रथम,मनिषा पौडेल द्धितिय,थानि घर्ति तृतिय, लक्ष्मी पाण्डेले शान्तवना स्थान प्राप्त गर्नुभएको छ।त्यस्तैगरी पुरुषतर्फ रबिन्द्र बुढा प्रथम, भुवन केशी द्धितिय,कमल केसी तृतिय,बाबुराम भट्टराइले शान्तवना स्थान प्राप्त गर्नुभएको छ। प्रतियोगितामा विजयी भएकाहरुलाइ पुरस्कार स्वरुप कृषि औजार वितरण गरीइको थियो।कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारी,शसस्त्र प्रहरी,जनप्रतिनिधि,विभिन्न कार्यालय तथा संघ संस्थाका प्रतिनिधि र स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्रका मनिषा पौडेलले गर्नुभएको थियो।













