रुपन्देही क्षेत्र नम्बर ३ मा आँउदो कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही- ३ मा उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले कुनै निर्णय भएको छैन आयुक्त भण्डारीले भने । उक्त क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि क्षेत्र ‘ख’ खाली रहेको छ ।













