पाल्पा – श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पूर्मती ढेंगाले पाल्पाको तानसेन नगरपालिका–७ ठाँटीमा सवारी चालक परीक्षण केन्द्र ९ट्रायल सेन्टर को शिलान्यास गर्नुभएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पा अन्तर्गत रहने सवारी चालक परीक्षण केन्द्रको शिलन्यास गर्दै मन्त्री ढेंगाले पहाडी जिल्ला पाल्पामा पहिलो पटक भएको ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङजा,अर्घाखाँचीका बासिन्दालाई फाइदा पुग्ने दावी गर्नुभएको छ ।
मन्त्री ढेंगाले बाँसटारीदेखि ठाँटी क्षेत्रकै विकासका लागि मात्र नभई पहाडी जिल्लामा यसरी योजना संचालन हुँदा सबैले खुसी मान्नुपर्ने बताउनुभयो । यसवर्ष ५० लाख भएपनि अर्को वर्ष ३ करोड ५० बजेट विनियोजन गरेर साना ठूला दुबै सवारी साधनको ट्रायल यहीबाट गर्न सकिने बनाइने उहाँले बताउनुभयो ।
जग्गा व्यवस्थापन भइसकेकाले अब विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर भवनको पनि ठेक्का लगाउने तयारी भएको जानकारी मन्त्री बेंगाले जानकारि दिनुभयो ।
बाँसटारी क्षेत्रमा प्राप्त भएको जग्गामा भवन र सवारी चालक परीक्षण केन्द्र संचालन हुँदा विकाससँगै रोजगारी पनि वृद्धि हुने उहाँको भनाइ छ ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जनताले चाहे अनुसारकै क्षेत्रमा सवारी चालक परीक्षण केन्द्र र यातायात व्यवस्था सेवा कार्यालय संचालन हुने बताउनुभयो । उहाँले जग्गा व्यवस्थापनमा कुनै समस्या नहुने भएकाले काम अघि बढाउन मन्त्रालयलाई आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डेले जनतालाई सहज ढंगले काम गर्ने गरी कार्यालयले काम गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले पाल्पाका सचिवालय सदस्य नविन थापा मगरले यस क्षेत्रमा भएको कामले गर्दा आगामी दिनमा अझ राम्रो क्षेत्र बन्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव मोहन गैरे, जनता समाजवादी पार्टीका प्रवक्ता खिक बहादुर रेश्मी, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपक नेपालले भवन निर्माण भएपछि र ट्रायल सेन्टर संचालन हुँदा यस क्षेत्र नै गुल्जार बन्ने जनकारी गराउनूभयो ।
त्यस्तै तानसेन नगरपालिका–७ का वडाध्यक्ष मुक्तिराम जीसी, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष भीम बहादुर श्रेष्ठ, याताया व्यवस्था सेवा कार्यालय पाल्पाका पूर्व कार्यालय प्रमुख विष्णु प्रसाद खनाल, पत्रकार माधव अर्याल, बंशगोपाल युवा क्लबका अध्यक्ष प्रदीप खनाल लगायतले धारणा राख्नुभयो । कार्यक्रम श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपक नेपालको अध्यक्षता, वडाध्यक्ष मुक्तिराम जीसीको स्वागतमा सम्पन्न भएको हो ।













